समाचार
नेपाल इन्जिनियरिङ कलेजले जाजरकोट–रुकुमपश्चिमका भूकम्प प्रभावितलाई छात्रवृत्ति दिने घोषणा
काठमाडौं—जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित क्षेत्रका विद्यार्थीलाई नेपाल इन्जिनियरिङ कलेजले छात्रवृत्ति दिने घोषणा गरेको छ । कलेजले २०८० कार्तिक १७ गते जाजरकोट र रुकुमपश्चिम क्षेत्रमा गएको भूकम्पबाट प्रभावित क्षेत्रका विद्यार्थीहरुलाई पाँच वटा पूर्णछात्रवृत्ति दिने घोषणा गरेको हो ।
कलेजले स्नातक तह अन्र्तगत आर्किटेक्चर, कम्प्युटर इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, सिभिल एण्ड रुरल इन्जिनियरिङ, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियङि, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिङ र ब्याचलर फर डिप्लोमा होल्डर्सको लागि सिभिल इन्जिनियरिङ कार्यक्रम मध्ये ५ वटा सिटमा छात्रवृत्तिको घोषणा गरेको हो । ‘भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिमका नागरिक आक्रान्त बनिरहेको अवस्थामा उनीहरुका छोराछोरीका लागि अध्ययन अध्यापनमा सहयोग पुगोस् भनेर हामीले स्नातक तहमा ५ वटा सिट छुट्याएका हौं ।’ शैक्षिक सत्र २०२३ का लागि उक्त छात्रवृत्ति घोषणा गरिएको भन्दै कलेजका कार्यवाहक प्राचार्य दुर्गाप्रसाद भण्डारीले बताए ।
कलेजे छात्रवृत्ति प्रवेश परीक्षाको मेरिट सूचीअनुसार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्नेछ । विद्यार्थीलाई छात्रवृत्ति प्राप्त गर्न कक्षा ११ र १२ को मार्कसिट, कलेजले लिने प्रवेश परीक्षाको प्राप्ताङ्क, नागरिकता प्रमाणपत्र, भूकम्प प्रभावित क्षेत्रमा स्थायी बसोबास भएको तथा सम्बन्धीत स्थानीय निकायको भूकम्प पीडित भनी सिफारिस गरेको पत्र आवश्यक पर्दछ ।
कलेजले सरकारी वा सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरुलाई प्राथमिकतामा राख्ने जनाएको छ । भने, उल्लेखित विषयहरुमा छात्रवृत्ति दिँदा भर्नाकोलागि सिट बाँकी रहेको हुनुपर्ने कलेजका अध्यक्ष जीवन खत्रीले जनाएका छन् ।
मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित कलेजमा इन्जिनियरिङको स्नातक तहमा सात वटा विषयमा अध्ययन अध्यापन हुने गरेको छ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेपाल इन्जिनियरिङ कलेज विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज मध्ये उत्कृष्ट कलेज हो ।
ताजा अपडेट
- यस्तो छ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारको सर्टलिष्ट
- कक्षा १२ को उत्तरपुस्तिका नमुना पुनः परीक्षणका लागि समिति गठन
- कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थीको प्रदर्शन, उत्तरपुस्तिका पुनः परीक्षणको माग
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- त्रिविअन्तर्गत बीआईटी कार्यक्रमको प्रवेश परीक्षा तालिका सार्वजनिक, आवेदन खुला
- निःशुल्क ‘मक टेस्ट’ सञ्चालन गर्दै नेपाल इन्जिनियरिङ कलेज, उत्कृष्टलाई नगद पुरस्कार
- कक्षा १२ मा कस्ता विद्यार्थीले प्राप्त गरेका हुन् ३.९७ जीपीए ?
- कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत ग्रेडेड
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय









तपाईको प्रतिक्रिया