समाचार
केयुद्वारा १०७ जना प्रोफेसर, एशोसियट प्रोफेसर र एसिस्टेन्ट प्रोफेसर र लेक्चरर माग
धुलिखेल—काठमाडौं विश्वविद्यालयले आफ्ना विभिन्न स्कुलहरुकाका लागि प्रोफेसर, एसोसियट प्रोफेसर, एसिस्टेन्ट प्रोफेसर र लेक्चर गरी १०७ जना कर्मचारीका लागि आवेदन माग गरेको छ । बिहीबार विश्वविद्यालय एक सूचना प्रकाशित गर्दै प्रोफेसर, एसोसियट प्रोफेसर, एसिस्टेन्ट प्रोफेसर र लेक्चरसहित १०७ जनाका लागि आवेदन खुलाएको हो ।
केयुले स्कुल अफ मेडिसिनका लागि ३९ जना प्राज्ञिक जनशक्ति मागेको छ भने अन्य स्कुलहरुका लागि ६८ जना प्राज्ञिक जनशक्तिका लागि आवेदन खुलाएको छ ।
केयु र धुलिखेल अस्पतालबीचको सम्झौता ब्रेक हुने चर्चाकाबीच स्कुल अफ मेडिकल साइन्सेजका लागि १० जना प्रोफेसर, १० जना एसोसियट प्रोफेसर, १३ जना एसिस्टेन्ट प्रोफेसर र छ जना लेक्चर गरी ३९ जनाका लागि आवेदन माग गरेको छ ।
केयुले स्कुल अफ आर्टका लागि तीन जना प्रोफेसर, एक जना असिस्टेन्ट प्रोफेसर र दुई जना लेक्चर माग गरेको छ । यसैगरी, स्कुल अफ एजुकेशनका लागि तीन जना प्रोफेसर, दुई जना एशोसियट प्रोफेसर, चार जना एसिस्टेन्ट प्रोफेसर माग गरेको छ ।
स्कुल अफ इन्जिनियरिङका लागि पाँच जना प्रोफेसर, तीन जना एसोसियट प्रोफेसर, १५ जना एसिस्टेन्ट प्रोफेसर माग गरेको छ । स्कुल अफ लका लागि चार जना एसिस्टेन्ट प्रोफेसर र एक जना लेक्चरको आवेदन खुलाएको छ ।
स्कुल अफ म्यानेजमेन्टका लागि दुई जना प्रोफेसर, छ जना एसिस्टेन्ट प्रोफेसर माग गरिएको छ भने स्कुल अफ साइन्सका लागि पाँच जना प्रोफेसर, पाँच जना एसोसियट प्रोफेसर र सात जना एसिस्टेन्ट प्रोफेसर माग गरिएको छ ।

ताजा अपडेट
- बोर्डका ४ जना सहसचिवको पदस्थापन, प्रशासन प्रमुखमा सत्याल, परीक्षा नियन्त्रकमा शर्मा
- एसईई परीक्षा चैत १९ देखि सुरु हुने (तालिकासहित)
- शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री महावीर पुनले दिए राजीनामा
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
- खुला विश्वविद्यालयको कुलपति र कुलसचिवका लागि निवेदन माग
- Exam Hall मा जाने बेलामा के गर्ने?
- पढ्ने बेला विद्यार्थीले गर्ने ७ गल्ती
धेरैले पढेको
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
- बोर्डका ४ जना सहसचिवको पदस्थापन, प्रशासन प्रमुखमा सत्याल, परीक्षा नियन्त्रकमा शर्मा
- एसईई परीक्षा चैत १९ देखि सुरु हुने (तालिकासहित)
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
- शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री महावीर पुनले दिए राजीनामा








तपाईको प्रतिक्रिया