Techie IT
  • आईतबार, असोज ११, २०८३ / Monday, September 28, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठ ∕ अपरचुनिटी/स्कलरसीप ∕ महाराजगन्ज चिकित्सा क्याम्पसमा २८ जना उपप्राध्यापक माग

समाचार

महाराजगन्ज चिकित्सा क्याम्पसमा २८ जना उपप्राध्यापक माग


काठमाडौं—मुलुककै प्रतिष्ठित त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)अन्तर्गतको महाराजगन्ज चिकित्सा क्याम्पसले २८ जना उप—प्राध्यापक माग गरेको छ । मंगलबार क्याम्पसले एक सूचना प्रकाशित गर्दै चिकित्साशास्त्रका विभिन्न विधाका २८ जना उप—प्राध्यापक माग गरेको हो ।

नाक, कान, घाँटी, अप्थाल्मोलोजी, माइक्रोबायोलोजी, क्रिटिकल केयर मेडिसिन, अर्थोपेडिक्स, कार्डियोभास्कुलर सर्जरी, युरो सर्जरी गरी ७ विधामा २/२ जना उप प्राध्यापकका लागि आवेदन मागिएको छ ।

ग्यास्ट्रोइन्टेरोलोजिष्ट, ओरल मेडिसिन एण्ड रेडियोलोजी, सर्जिकल ग्यास्ट्रोइन्टेरोलोजिष्ट, कार्डियोथोरासिक भास्कुलर एनेस्थेसियोलोजी, जनरल प्रायाक्टिस, इन्टरनल मेडिसिन (इन्फेक्सीसी डिजिज), इन्टरनल मेडिसिन, हेमाटो अंकोलोजी, पल्मुनोलोजी एण्ड क्रिटिकल केयर मेडिसिन, जनरल सर्जरी, अब्ज गाइने (अंकोलोजी), अब्स गाइने (इनफर्टिलिटी), प्याथोलोजी (ट्रान्सफ्युजन मेडिसिन), पेडियाट्रिक क्रिटिकल केयर मेडिसिन १४ विधामा एक—एक जना उपप्राध्यापक माग गरिएको छ ।

महाराजगन्ज चिकित्सा क्याम्पसले १ वर्ष करार सेवाका लागि आवेदन माग गरेको हो ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको