समाचार
एनसेल छात्रवृति तथा उत्कृष्टता सम्मानको १० वर्ष पूरा
पुल्चोक क्याम्पसका उत्कृष्ट विद्यार्थीलाई शैक्षिक उत्कृष्टताका लागि सम्मान

काठमाडौं—एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसको पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरुलाई ‘एनसेल छात्रवृति तथा उत्कृष्टता सम्मान’ प्रदान गरेको छ । शुक्रबार एनसेलको मुख्य कार्यलय एनसेल आईकन, लैनचौरमा आयोजित एक विषेश कार्यक्रममाझ विद्यार्थीका अभिभावकहरु, ईन्जिनियरिङ्ग अध्ययन संस्थानका प्राध्यापकहरु, एनसेलका व्यवस्थापनका सदस्यहरु र अन्य पाहुनाहरुको उपस्थितीमा छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरिएको हो ।
यो एनसेल छात्रवृति तथा उत्कृष्टता सम्मानको १०औं वर्ष हो । यस कार्यक्रमअन्तर्गत सिभिल, ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् एन्ड कम्युनिकेशन, कम्प्युटर र मेकानिकल ईन्जिनियरिङ्ग संकायमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरिन्छ ।
वि.सं. २०८० का लागि १८ वटा शीर्षकअन्तर्गत पहिलो वर्ष, दोस्रो वर्ष र तेस्रो वर्षको परीक्षाको नतिजाका आधारमा सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स् एन्ड कम्युनिकेशन, कम्प्युटर र मेकानिकल इन्जिनियरिङ संकायका १८ जना विद्यार्थीलाई एनसेल छात्रवृत्ति सम्मान प्रदान गरिएको छ । साथै, उत्कृष्ट नतिजा ल्याई यी पाँच संकायबाट स्नातक उतीर्ण गरेका ६ जना विद्यार्थीहरुलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरिएको हो ।
इन्जिनियरिङ्ग अध्ययन संस्थानका डीन प्रा.डा. शशीधर राज जोशी र एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले संयुक्तरुपमा विद्यार्थीहरुलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरेका थिए । त्यसैगरी, एनसेलका चिफ लिगन एन्ड रेगुलेटरी अफिसर विशालमणि उपाध्याय, चिफ कमर्शीयल अफिसर उमेर मोहसिन र एक्टिङ चिफ टेक्नोलोजी अफिसर लेना केशरी कंसाकारले विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति प्रदान गरेका थिए ।
एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, ‘देशको सबैभन्दा प्रतिष्ठित इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पसको सँगको सहकार्यमा युवा र विद्यार्थीलाई आफ्नो उत्कृष्टताका लागि प्रोत्साहन प्रदान गर्ने यो कार्यक्रम गर्न पाएकोमा हामी गौरवान्वित छौं ।’ उनले नयाँ पुस्तालाई सशक्त बनाउने एक जिम्मेवारी मात्र नभएर प्रतिबद्धता भएको उल्लेख गर्दै जसले नवीनता, प्रगति र सकारात्मक परिवर्तनलाई बढावा दिने बताए ।
कायुमोधले सम्मानित हुने विद्यार्थीका उपलब्धिहरूले सबैलाई गर्व मात्र प्रदान नगरेर भावी पुस्ताका लागि प्रेरणाको स्रोत पनि बन्ने बताए । ‘हामी विश्वास गर्छौं कि हाम्रो सहयोगले विद्यार्थीहरुको भविष्य निर्माणमा सहयोग गर्दछ र आजका विद्यार्थी नै देशको भविष्य हुन् । व्यक्तिगत रूपमा, मलाई २० वर्ष पहिलेको सम्झना छ जब मैले मेरो उपलब्धिको लागि छात्रवृत्ति पाएको थिए र त्यसैको कारणले आज म यहाँसम्म पुगेको छ । आर्थिक रूपमा मात्र होइन, यो महत्त्वपूर्ण सम्मानले सबैलाई राम्रा काम जारी राख्न प्रेरित गर्नेछ । प्रतिभा विकासमार्फत समाजको भविष्यको लागि अनवरत लागि रहनु भएका इन्जिनियरिङ्ग अध्ययन संस्थानका सबैलाई उहाँँहरुको अथक प्रयासका लागि धन्यवाद दिन चाहन्छु,’ उनले भने ।
त्यसैगरी एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै इन्जिनियरिङ्ग अध्ययन संस्थानका डीन प्रा.डा. जोशीले विद्यार्थीहरूले पढाइमा मात्र नभई अन्र्तराष्ट्रिय मञ्चमा समेत हासिल गरेको उपलब्धिको स्मरण गरे । ‘देश बाहिरपनि धेरै महत्वपूर्ण कार्यहरुमा योगदान दिइरहेका छन् र पूर्व विद्यार्थीहरूको सफलताका कथाहरू सुन्न पाउँदा खुसी लाग्छ । जब हाम्रा विद्यार्थीहरू सफल हुन्छन्, मलाई शिक्षाको परिवर्तनकारी शक्ति र विद्यार्थीहरुमा हुने अपार सम्भावनाको सम्झना आउँछ,’ उनले भने, ‘तपाईं चाहे उद्यमी, प्रोफेसर वा अन्य जुनसुकै पेशामा जानुस् तपाईंको भाग्य तपार्इंको जोश र तपाईंले देख्ने सपनामा निहित छ । एनसेल छात्रवृत्ति तथा उत्कृष्टताबाट सम्मानित हुने सबै विद्यार्थीहरुलाई धेरै धेरै, बधाई छ । म तपाईंका उपलब्धिहरूमा धेरै गर्व गर्छु । विगत एक दशकदेखि हाम्रा विद्यार्थीहरूलाई यो प्रदान गर्नु भएको यो सम्मान र सहयोगका लागि एनसेलप्रति म धेरै आभारी छु ।’
यसै अवसरमा प्रा.डा.जोशीले पुल्चोक क्याम्पसका विद्यार्थीहरूलाई लगातार १० वर्षसम्म एनसेल छात्रवृत्ति र उत्कृष्टता सम्मान प्रदान गरेकोमा एनसेललाई सम्मान स्वरुप इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पसले कदरपत्र प्रदान गरको छ ।
वि.सं. २०७१ सालबाट सुरु गरिएको यो एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमले प्राविधिक शिक्षालाई प्रोत्साहन गर्दै युवा प्रतिभाहरुको पहिचान र उनीहरुको शैक्षिक उत्कृष्टताको कदर गर्ने उद्देश्य राखेको छ । प्रत्येक वर्ष एनसेल छात्रवृत्ति इन्जिनियरिङ्ग पाँच संकायमा स्नातक तहको प्रथम, द्घितीय र तृतीय वर्षको वार्षिक परीक्षामा प्राप्त गरेको उत्कृष्ट नतिजाको आधारमा क्रमशः द्घितीय, तृतीय र चौथो वर्षमा अध्ययनरत विद्यार्थीले प्राप्त गर्दछन् । कुल १८ जनामध्ये पाँचवटै संकायका छात्राहरुबाट उत्कृष्ट नतिजा ल्याएका द्घितीय, तृतीय र चौथो वर्षमा अध्ययनरत एक÷एक जना गरी तीन छात्राले यो छात्रवृति पाउने गर्दछन् ।
यसैगरी उत्कृष्टता सम्मान अन्तर्गत सिभिल, इलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् एन्ड कम्युनिकेशन, कम्प्युटर र मेकानिकल इन्जिनियरिङ्ग संकायमा सर्वोत्कृष्ट नतिजा सहित स्नातक तहकोे पढाइ सकाएका प्रत्येक संकायका १÷१ जना र यी पाँचै संकायका छात्राहरु मध्येबाट सर्वोत्कृष्ट ठहरिएकी एक छात्राले उत्कृष्टता सम्मान प्राप्त गर्दछ । हरेक छात्रवृत्ति तथा उत्कृष्टता सम्मान पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ ।
ताजा अपडेट
- मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न
- साइपल एकेडेमीका केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष निष्काशन, विद्यार्थीको सबै विषयको परीक्षा रद्द
- साइपाल एकेडेमीका केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष प्रहरी नियन्त्रणमा
- आजबाट कक्षा १२ को परीक्षा सुरु
- शिक्षिका ११ वर्षीय विद्यार्थीको प्रेममा परेपछि…
- बोर्डका अध्यक्ष शर्मा भन्छन् ,`कक्षा १२ को परीक्षा वैशाख २१ गतेबाटै हुन्छ´
- शिक्षक महासंघद्वारा शैक्षिक हड्ताल स्थगित
- यी हुन् सरकार र शिक्षकबीच भएका सहमति
धेरैले पढेको
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- कक्षा १२ को परीक्षाको नयाँ समय तालिका सार्वजनिक
- “Exciting Rivals and Unmatched Action at The Aradhya Pickleball Championship 2025”
- शुभश्री कलेज अफ म्यानेजमेन्ट र मर्क्युर होटलबीच सम्झौता
- सहिद आदर्श क्याम्पसको स्ववियु सभापतिमा नेविसंघको तर्फबाट राजेश तिमल्सिनाको उम्मेदवारी
तपाईको प्रतिक्रिया