सेन्ट लरेन्सको ३० वर्षे विरासत : सिर्जनशील शिक्षादेखि नेतृत्व विकाससम्म
काठमाडौंको चाबहिलमा अवस्थित सेन्ट लरेन्स सेकेण्डरी स्कुल पछिल्ला वर्षहरूमा गुणस्तरीय र विद्यार्थीकेन्द्रित शिक्षाका कारण राजधानीका अब्बल शैक्षिक संस्थामध्ये आफ्नो स्थान मजबुत बनाउँदै आएको छ । ‘तपाईंको सफलताः हाम्रो प्रतिबद्धता’ भन्ने मूलमन्त्रसहित अघि बढिरहेको यस संस्थाले शैक्षिक उत्कृष्टतासँगै विद्यार्थीको समग्र व्यक्तित्व विकासलाई पनि समान प्राथमिकतामा राख्दै आएको देखिन्छ ।
झण्डै तीन दशकको शैक्षिक यात्रामा सेन्ट लरेन्सले आफ्नो छुट्टै पहिचान निर्माण गरिसकेको छ । विज्ञान, व्यवस्थापन र कानुन संकायमा अध्ययन अध्यापन सञ्चालन गर्दै आएको यो संस्था आज पनि सिर्जनशील, अनुशासित र विद्यार्थीकेन्द्रित शिक्षाका कारण विद्यार्थी तथा अभिभावकको विश्वास जित्न सफल भइरहेको छ ।
‘मौलिक सिर्जनशील शिक्षा, आजको युगको आवश्यकता’ भन्ने आदर्शलाई आत्मसात् गरेको सेन्ट लरेन्सले विद्यार्थीलाई केवल पाठ्यपुस्तक र परीक्षामुखी शिक्षामा सीमित राख्दैन । कलेजका प्रिन्सिपल ताराप्रसाद सुवेदीका अनुसार बदलिँदो विश्व परिवेशमा विद्यार्थीलाई केवल राम्रो अङ्कले मात्र पुग्दैन, उनीहरूमा आत्मविश्वास, नेतृत्व क्षमता र व्यवहारिक सीप पनि उत्तिकै आवश्यक हुन्छ । सोही कारण, कक्षाकोठाभित्रको सिकाइसँगै अतिरिक्त क्रियाकलाप र व्यक्तित्व निर्माणलाई यहाँको शिक्षण प्रणालीको अभिन्न भाग बनाइएको छ, जसले विद्यार्थीलाई ग्लोबल मार्केटमा खरो उत्रन सक्ने बनाउँछ ।
सोही कारण सेन्ट लरेन्सले कक्षाकोठाभित्रको सिकाइसँगै अतिरिक्त क्रियाकलाप, सिर्जनात्मक अभ्यास, नेतृत्व विकास र व्यक्तित्व निर्माणलाई पनि शिक्षण प्रणालीको अभिन्न भाग बनाएको छ । विद्यार्थीलाई आफ्नो क्षमता पहिचान गर्न सक्ने वातावरण निर्माण गर्नु नै संस्थाको प्रमुख प्राथमिकता रहेको कलेजको ठम्याइ छ ।
कलेजका अध्यक्ष केशवप्रसाद दंगालका अनुसार आधुनिक शिक्षण पद्धति, शोधमूलक अभ्यास, नियमित मूल्यांकन र अभिभावकसँगको निरन्तर अन्तर्क्रियाले सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाएको छ । वर्षमा ६ वटा आन्तरिक परीक्षा सञ्चालन गर्दै आएको यस संस्थाले विद्यार्थीको शैक्षिक प्रगति मात्रै होइन, उनीहरूको मनोवैज्ञानिक र व्यवहारिक पक्षलाई समेत नजिकबाट निगरानी गर्ने गरेको बताइन्छ ।
सेन्ट लरेन्सको अर्को बलियो पक्ष भनेको यहाँ सञ्चालनमा रहेका विभिन्न क्लब तथा अतिरिक्त गतिविधि हुन् । साहित्य, विज्ञान, खेलकुद, संगीत र सामाजिक सेवाजस्ता क्षेत्रमा सक्रिय १० वटा क्लबमार्फत विद्यार्थीलाई आफ्नो प्रतिभा प्रस्फुटन गर्ने अवसर प्रदान गरिँदै आएको छ । यही कारण यहाँ अध्ययन गर्ने विद्यार्थीहरू केवल शैक्षिक क्षेत्रमा मात्र होइन, विभिन्न सिर्जनात्मक र नेतृत्वदायी भूमिकामा पनि अगाडि देखिने गरेका छन् ।
प्रविधिमैत्री कक्षाकोठा, सुविधासम्पन्न प्रयोगशाला, अनुशासित वातावरण र अनुभवी फ्याकल्टी टिमले सेन्ट लरेन्सको शैक्षिक छविलाई अझ मजबुत बनाएको छ । प्रतिस्पर्धात्मक विश्व बजारमा सक्षम जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित कलेजले शिक्षण सिकाइ गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ ।
लगातारको शैक्षिक उपलब्धि, विद्यार्थीको क्षमता विकासमा केन्द्रित अभ्यास र सिर्जनशील शिक्षाप्रतिको प्रतिबद्धताका कारण सेन्ट लरेन्स सेकेण्डरी स्कुल आज काठमाडौं उपत्यकाका विश्वासिला शैक्षिक संस्थामध्ये एकका रूपमा स्थापित हुँदै गएको छ । गुणस्तरीय शिक्षा र समग्र व्यक्तित्व विकास खोजिरहेका विद्यार्थीका लागि सेन्ट लरेन्स पछिल्ला वर्षहरूमा आकर्षक गन्तव्य बन्दै गएको देखिन्छ ।
ताजा अपडेट
- शिक्षक–कर्मचारीदेखि ईसीडी सहजकर्तासम्मको पारिश्रमिक बढ्यो, कसको कति ?
- काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
- सरकारलाई शिक्षक महासंघको अन्तिम चेतावनी ! भदौबाट देशव्यापी आन्दोलन घोषणा (भिडियोसहित)
- कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक
- कहिले आउँछ कक्षा १२ को पूरक परीक्षाको नतिजा ?
- पेट्रोलियम इन्जिनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्दै इम्पेरियल कलेज अफ इन्जिनियरिङ
- विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. केसी, सचिवमा प्रा.डा. श्रेष्ठ
- यी ७ परीक्षा केन्द्रमा स्नातकोत्तर प्रथम सेमेस्टरको परीक्षा स्थगित
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया