समाचार
केयुद्वारा १०७ जना प्रोफेसर, एशोसियट प्रोफेसर र एसिस्टेन्ट प्रोफेसर र लेक्चरर माग
धुलिखेल—काठमाडौं विश्वविद्यालयले आफ्ना विभिन्न स्कुलहरुकाका लागि प्रोफेसर, एसोसियट प्रोफेसर, एसिस्टेन्ट प्रोफेसर र लेक्चर गरी १०७ जना कर्मचारीका लागि आवेदन माग गरेको छ । बिहीबार विश्वविद्यालय एक सूचना प्रकाशित गर्दै प्रोफेसर, एसोसियट प्रोफेसर, एसिस्टेन्ट प्रोफेसर र लेक्चरसहित १०७ जनाका लागि आवेदन खुलाएको हो ।
केयुले स्कुल अफ मेडिसिनका लागि ३९ जना प्राज्ञिक जनशक्ति मागेको छ भने अन्य स्कुलहरुका लागि ६८ जना प्राज्ञिक जनशक्तिका लागि आवेदन खुलाएको छ ।
केयु र धुलिखेल अस्पतालबीचको सम्झौता ब्रेक हुने चर्चाकाबीच स्कुल अफ मेडिकल साइन्सेजका लागि १० जना प्रोफेसर, १० जना एसोसियट प्रोफेसर, १३ जना एसिस्टेन्ट प्रोफेसर र छ जना लेक्चर गरी ३९ जनाका लागि आवेदन माग गरेको छ ।
केयुले स्कुल अफ आर्टका लागि तीन जना प्रोफेसर, एक जना असिस्टेन्ट प्रोफेसर र दुई जना लेक्चर माग गरेको छ । यसैगरी, स्कुल अफ एजुकेशनका लागि तीन जना प्रोफेसर, दुई जना एशोसियट प्रोफेसर, चार जना एसिस्टेन्ट प्रोफेसर माग गरेको छ ।
स्कुल अफ इन्जिनियरिङका लागि पाँच जना प्रोफेसर, तीन जना एसोसियट प्रोफेसर, १५ जना एसिस्टेन्ट प्रोफेसर माग गरेको छ । स्कुल अफ लका लागि चार जना एसिस्टेन्ट प्रोफेसर र एक जना लेक्चरको आवेदन खुलाएको छ ।
स्कुल अफ म्यानेजमेन्टका लागि दुई जना प्रोफेसर, छ जना एसिस्टेन्ट प्रोफेसर माग गरिएको छ भने स्कुल अफ साइन्सका लागि पाँच जना प्रोफेसर, पाँच जना एसोसियट प्रोफेसर र सात जना एसिस्टेन्ट प्रोफेसर माग गरिएको छ ।

ताजा अपडेट
- शिक्षक–कर्मचारीदेखि ईसीडी सहजकर्तासम्मको पारिश्रमिक बढ्यो, कसको कति ?
- काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
- सरकारलाई शिक्षक महासंघको अन्तिम चेतावनी ! भदौबाट देशव्यापी आन्दोलन घोषणा (भिडियोसहित)
- कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक
- कहिले आउँछ कक्षा १२ को पूरक परीक्षाको नतिजा ?
- पेट्रोलियम इन्जिनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्दै इम्पेरियल कलेज अफ इन्जिनियरिङ
- विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. केसी, सचिवमा प्रा.डा. श्रेष्ठ
- यी ७ परीक्षा केन्द्रमा स्नातकोत्तर प्रथम सेमेस्टरको परीक्षा स्थगित
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया