ल्यायो इम्बार्क कलेजले नयाँ ‘वर्क–स्टडी’ र ‘स्टार्टअप क्षमता विकास कार्यक्रम’
काठमाडौं– नेपालमा व्यवसायिक शिक्षा र रोजगारीको खाडललाई हटाउँदै, इम्बार्क कलेजले दुईवटा महत्वपूर्ण कार्यक्रमको घोषणा गरेको छ – ‘व्यावहारीक सीप तालिम (अप्रेन्टिससिप) कार्यक्रम’ र ‘नवप्रवर्तन (स्टार्टअप) क्षमता विकास कार्यक्रम’। यी कार्यक्रमहरू नेपालका भविष्यको व्यवसायिक नेतृत्वहरू विकास गर्न, रोजगारी सुनिश्चित गर्न र उद्यमशीलता प्रवर्द्धन गर्न लक्षित छन्।
इम्बार्क कलेजका कार्यकारी निर्देशक तथा सिइओ आशिष ठाकुरले भने, ‘यो कार्यक्रमले स्नातकहरूले शैक्षिक जीवनपछि व्यावसायिक जीवनमा प्रवेश गर्दा हुने अनिश्चिततालाई अन्त्य गर्छ। हामीले व्यावसायिक शिक्षालाई प्रत्यक्ष उद्योगसँग जोडेर नेपालमा करियर–रेडी शिक्षाको नयाँ मापदण्ड स्थापित गरेका छौं।’
यस अप्रेन्टिससिप कार्यक्रमले नेपालका प्रमुख तथा नवीन उद्योग र उद्यमहरू सँगको साझेदारीमार्फत योग्य स्नातकहरूलाई रोजगारी सुनिश्चित गर्ने र सहभागी कम्पनीहरूले संरचित तालिम आवश्यकताको मूल्याङ्कन (TNA) अनुसार रोजगारीको अवसर प्रदान गर्ने उनले जानकारी दिए ।
कार्यक्रमका विशेषताहरूमा पूर्वनियोजित संरचना, व्यावसायिक परामर्श, नियमित मूल्याङ्कन र दीर्घकालीन साझेदारी सम्झौता समावेश रहेको र यसले उद्योगलाई दक्ष जनशक्ति र विद्यार्थीलाई सुनिश्चित करियर मार्गदर्शन दिने कलेजले जनाएको छ ।
इम्बार्क कलेजले सुरु गरेको स्टार्टअप क्षमता विकास कार्यक्रमले कानुनी रूपमा दर्ता भई १० वर्षभन्दा कम समय संचालन भएका तथा वार्षिक कारोबार १५ करोडभन्दा कम भएका नवप्रवर्तन व्यवसायहरूलाई लक्षित गरेको छ।यस कार्यक्रमले नेपाल सरकारको राष्ट्रिय स्टार्टअप नीति २०८० र औद्योगिक उद्यम ऐन २०७६ सँग मेल खाने गरी नवप्रवर्तनशील व्यवसायहरूलाई सहयोग प्रदान गर्छ। प्राथमिकता दिइने व्यवसायहरूमा नवप्रवर्तन, मापनयोग्यता र बजार प्रभाव भएका स्टार्ट अपहरू पर्छन्।
सीईओ ठाकुरका अनुसार, ुनेपालमा उद्यमशीलताको सम्भावना अपार छ, तर रणनीतिक स्रोतहरू सम्मको पहुँच सीमित छ। हाम्रो कार्यक्रमले नवप्रवर्तनलाई दीगो व्यवसायमा रूपान्तरण गर्न समग्र क्षमता विकासमा जोड दिन्छ।’
ताजा अपडेट
- राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष शर्माको कार्यकाल पूरा, नयाँ अध्यक्षका लागि दरखास्त आह्वान
- द ब्रिटिश कलेजद्वारा भ्रामक आरोपको खण्डन, शैक्षिक कार्यक्रम नियमित रहेको स्पष्ट
- जेम्समा खेलकुदको कुम्भमेला सम्पन्न, थन्डरबोल्ट्स कपमा जेम्सकै ह्याट्रिक
- जथाभावी विद्यार्थीको कपाल मुण्डन नगर्न विद्यालयहरुलाई महानगरको आग्रह
- रिलायन्सले गर्यो स्नातक तह उत्तीर्ण विद्यार्थीलाई विदाई
- नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता
- सेन्ट लरेन्स कलेजमा तीन दिने साइन्स एण्ड आईटी एक्स्पो सुरु
- विद्यालय व्यवस्थापन समिति गठन नगरे अनुदान रोक्ने शिक्षामन्त्रीको चेतावनी
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी








तपाईको प्रतिक्रिया