समाचार
निजी स्कुललाई बालेनको निर्देशन—आफ्नै पाठ्यपुस्तक वा पोशाक किन्न विद्यार्थीलाई बाध्य नपार्नु
काठमाडौं—पछिल्लो समय काठमाडौवासीको जीवनमा देखिने गरी परिवर्तन गर्न लागिरहेका काठमाडौं महानगरपालिका मेयर बालेन शाहले अर्को सुधारको काम अगाडि सारेका छन् । उनले महानगरपालिकाभित्रका निजी स्कुलको सिण्डिकेट हटाउने पहल सुरु गरेका छन् ।
यसका लागि मेयर शाहले निजी स्कुललाई आफूले भनेकै ठाउँबाट पाठ्यपुस्तक, स्टेनशनरी र पोशाक किन्न विद्यार्थी र विद्यार्थी अभिभावकलाई बाध्य नबनाउन निर्देशन दिएका छन् । निजी स्कुलहरुले आफ्नै पाठ्यपुस्तक, स्टेशनरी र पोशाक खरिद गर्न अभिभावक तथा विद्यार्थीलाई बाध्य बनाउँदैं आएका छन् ।
‘कतिपय विद्यालयहरुले विद्यार्थी तथा अभिभावकहरुलाई विद्यालयबाट नै पाठ्यपुस्तक, स्टेशनरी तथा पोशाक खरिद गर्न बाध्य पार्ने गरेको भन्ने गुनासो यस विभागमा बारम्बार आउने गरेको हुँदा सम्बन्धित सबै विद्यालयहरुले अनिवार्य रुपमा निर्देशिका विरुद्ध गर्नु गराउनु हुन अनुरोध छ,’ महानगरपालिकाको शिक्षा विभागले जारी गरेको सूचनामा छ ।
संस्थागत विद्यालय मापदण्ड तथा संचालन निर्देशिका २०६९ (संशोधनसहित)मा विद्यालय आफैले पाठ्यपुस्तक तथा स्टेनशरी बिक्री गर्न नपाउने, विद्यालयबाट निर्धारित ड्रेस कोडको नमुना विद्यार्थीलाई उपलब्ध गराउनुपर्ने र विद्यालयले तोकेको स्थानमा पोशाक खरिद गर्न बाध्य नगराउने व्यवस्था छ ।

ताजा अपडेट
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
- खुला विश्वविद्यालयको कुलपति र कुलसचिवका लागि निवेदन माग
- Exam Hall मा जाने बेलामा के गर्ने?
- पढ्ने बेला विद्यार्थीले गर्ने ७ गल्ती
- Exam नजिकिँदा कसरी पढ्ने ?
- ब्रिटिस कलेजका सिईओ भन्छन्, ‘केहीले सामाजिक सञ्जालबाट बेइज्जत गरिदिन्छौं भन्दै बार्गेनिङ गरिरहेका छन्’ (भिडियोसहित)
- हिसानको अध्यक्षमा शर्मा, महासचिवमा सिलवाल निर्वाचित








तपाईको प्रतिक्रिया